कञ्चनपुर, असोज, २९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.८ पारीफाँटाको खहरे खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बिहिबार वैजनाथ आधारभूत विद्यालयको नजिकै उत्तरमा बगने खहरे खोलामा नुहाउने क्रममा डुबेर ४९ वर्षिय स्थानीय कमलेश ठगुन्नाको मृत्यु भएका हो ।

खहरे खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापा क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उन्ले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महेन्द्रनगर स्थित महाकाली अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुस