विश्व हातधुने दिवसको अवसर पारी निड्स नेपाल कञ्चनपुरले स्थानीयलाई हातधुने तरिका सिकाउँदै छ । निड्स नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय सहितका विभिन्न वडाहरुमा तरिकाबद्ध रुपमा हात धुने तरिका सिकाएको हो । स्वच्छता व्यवहार परिर्वतन परियोजना अन्र्तरगत निड्स नेपालले भीमदत्त नगरपालिकासंगको सहकार्यमा हात धुने तरिका सिकाएको हो ।

 

निड्स नेपाल कञ्चनपुर (एचबिसीसी) संयोजक प्रयाग राज रेग्मीले नगरपालिकाको मुल कार्यालय सहित २, ९, १०, ११, १२, १३, १८, १९ लगायतका वडाहरुमा हात धुने तरिका सिकाएको बताए । सफासंग हात धुन सिकाउनका लागि हजार धारा बाल्टिन वितरण गरिएको संयोजक रेग्मीले बताए । भीमदत्त नगरपालिका मुल गेटमै राखिएको हात धुने कार्यक्रमको नगर प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्दै मानिसले स्वच्छ जिवनका लागि सफा र राम्रोसंग हात धुनुपर्ने बताए । मेयर विष्टले कोरोना सहित स्वच्छताका लागि सरसफाई अपरिहार्य रहेको औल्याए । निड्सले भीमदत्त नगरपालिका क्षेत्रका वडा, भिडभाँड हुने क्षेत्रमा खुट्टाले चलाउने मेसिन सहित हातधुने सेन्टर स्थापना गरेको छ । निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले कोरोनाबाट बाँच्नका लागि समेत निड्सले स्थानीय तहसंग साझेदारी गरेर सरसफाईका कार्यक्रम अघि सारेको बताए ।

प्रतिक्रिया दिनुस