खडक रावल

कोरोना महामारीका विच महाकाली नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयले विद्यार्थीबाट रकम अशुलीरहेको भन्दै सनसेट युथ अर्गनाईजेसनले नगरप्रमुख बीर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार सनसेटका अध्यक्ष रमेश भण्डारी नगर प्रमुख सुनारलाई विद्यार्थी अभिलेखिकरणको नाममा सहयोग शुल्क भन्दै रकम अशुलीरहेकाले रोक्न माग राखेर ज्ञापन पत्र बुझाएको हो ।

 

कोरोना कहरका बेला गास,बास, कपास जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्ने अवस्थामा पनि विद्यार्थीबाट शुल्क लिईरहेका विद्यायलाई कार्बाही समेत नगर प्रमुख सुनारको ध्यानाकर्षण गराईएको छ । ज्ञापन पत्र बुझ्दै मेयर सुनारले शुल्क लिईरहेका विद्यालयको अध्ययन गरिने बताए । तर, महाकाली नगर क्षेत्रका सामुदायिक विद्यालयले भने शुल्क नलिएको बताएका छन् । सनसेटका अध्यक्ष रमेश भण्डारीद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा भर्नाका नाममा पैशा अशुल्ने काम बन्द नगरि आन्दोलनको चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुस