कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्युतीय (ईबिपिएस) प्रणालीबाट नक्सा बनाउने भएको छ । आँउदो १ कार्तिकदेखि बनाईने नयाँ नक्सा विद्युतीय (ईबिपिएस) विधिबाट बन्ने भएका छन् । यस अघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृकत गर्दै आएको थियो । अबदेखि नगरपालिकाले विद्युतीय नक्सा स्वीकृत गर्ने भएको हो । भूमि व्यवस्थापन तथा भवन नियमन शाखाले कागज रहित नक्सा पास गर्ने भएको छ । भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख ईन्जिनियर दिपेन्द्र प्रशाद जोशी विद्युतीय प्रणाली अनलाईन मार्फत नक्सा पासका लागि सेवाग्राहीले आवेदन गर्नुपर्ने बताए । ‘पहिले सेवाग्राही फाईल बोकेर कार्यालय आउनुपर्ने बाध्यता थियो, ‘उनले भने, ‘अहिले त्यो हटेको छ, कन्सलटेन्सी मार्फत सेवाग्राहीका सम्पूर्ण कागजात समिट गराएर ईमेल गर्ने हो ।’

 

भवन मापदण्ड संहिता अनुरुप भए नभएको कार्यालयबाट अनुगमन गरेर नक्सा स्वीकृत गरिने ईन्जिनियर जोशीले बताए । ‘सम्पूर्ण कारोबार अनलाईन मार्फत हुन्छ, ‘उनले भने, ‘अब पहिले जस्तो सेवाग्राहीले झन्झट खेप्नु पंदैन सबै कर्मचारीले गर्ने हुन ।’ देशभरीका ८ स्थानीय तह मध्ये अनलाईनबाट नक्सा पास गराउने भीमदत्त नगरपालिका ९औँ स्थापनामा पर्दछ । ईन्जिनियर गोरख बहादुर सिहले अनलाईनबाट नक्साका लागि आवेदनसंगै सेवाग्राहीलाई सहज हुने बताए । १९ वडा रहेको भीमदत्त नगरमा सडक संञ्जालको विस्तारगरिने बताए । सर्वेक्षक विकास मल्लीकले नगरपालिका भित्ररहेका सबै सडकको नक्साङकन भईरहेको बताए ।

 

भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टले क्रमम सुधार हुँदै जाने बताए । पं्राविधिक रुपमा कार्यालयले सेवा विस्तारका शुरुवातका दिनमा समस्या आएपछि पछि सुुधार हुने बताए । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सुचना र प्रविधिको भरपूर उपभोग गरेर अनलाईन विधि मार्फत कामकाज शुरुवात गरिएको बताए । ‘अहिलेको युग, समय परिस्थिति अनुसार हामीले कागज हटाएर अनलाईन विधि अघि सारेका हौँ, ‘मेयर विष्टले ‘यसबाट सेवाग्राहीलाई नै बढि सुविधा दिलाईन्छ ।’

 

वडा स्तरमा सचेतनाका अभियान संचालन गरेर अनलाईनलाई प्रभावकारी बनाईने मेयर विष्टले बताए । ‘अनलाईनबाट कामकाज शुरु गर्दा डाटा पनि सहज खोज्न सकिन्छ, हराउँदैनन, ‘उनले भने, ‘यो विधिबाट जति अभ्यास गरियो, त्यति सेवाग्राही लाभान्वित हुनेछन् ।’ कार्यालयले पेपरलेश बनाएर अनलाईनबाटै अन्य कामकाज समेत अघि बढाईने मेयर विष्टले बताए । कर्मचारी, प्राविधिक एव सेवाग्राहीको क्षमता अभिबृद्धि एव सचेतनामुलक कार्यक्तम संचालन गरिने बताए । अन्य सेवा समेत अनलाईनविधीबाटै विस्तार गरिने मेयर विष्टले बताए ।

प्रतिक्रिया दिनुस