बैतडी, असोज, २९। बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र सार्न बिषयमा बिवाद हुदाँ स्थानियहरुले ढुङ्गा मुडा प्रहार गर्दा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट सहित १७ जना घाइते भएका छन ।

सुर्नया गाउँपालिकामा कुटपिटमा परेका अध्यक्ष बिरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । गाउँपालिकाको केन्द्र सार्न नहुने माग गर्दै आन्दोलित भएका स्थानीयको कुटपिटमा परी घाइते भएका अध्यक्ष विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको हो ।

बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायणप्रसाद अधिकारीले अध्यक्षलाई थप उपचारका लागि धनगढी पठाईएको जानकारी दिए । उनका अनुसार अध्यक्ष विष्टको टाउकोमा चोट छ ।

बुधबार गाउँपालिका अध्यक्ष बिर बहादुर बिष्ट, रौलेश्वर प्रहरी चौकीका ५ जना प्रहरी र ११ जना स्थानिय गरी १७ जना घाइते भएका हुन । गाउँपालिकाको केन्द्र रौलेश्वर केन्द्र हुनुपर्ने पक्षधरले ढुङ्गामुडा गरेका थिए । सुर्नया गाउँपालिका केन्द्र संघर्स समितिले सोमबार लगाएको ताला प्रहरीको सहयातामा खोल्न खोज्दा गाउपालिका अध्यक्ष माथी ढुङ्गा मुडा भएको जनाइएको छ ।

गाउँपालिकाको केन्द्र कठ्यागौँडमा रहेको अस्थायी केन्द्रलाई नै स्थायी बनाउनुपर्ने माग आन्दोलरत पक्षको छ भने गाउँ कार्यपालिका बैठकले वडा नम्बर ५ कै पविता भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरेपछि विवाद बढेको हो ।

प्रतिक्रिया दिनुस