11

अंकिता भट्ट ,कञ्चनपुर, असोज ,२९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एक खुना परिवारमा घरायसी बिवादमा देवर आफ्नै भाउजुको हत्या गरेको छ ।३५ वर्षीया कलावती देवी खुनाको आफनै २६ वर्षीय देवर मान सिंह खुनाले हत्या गरेकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

बुधबार बिहान कलावतीदेवीको शव नजिकै रहेको खोलाको डिलमा खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । मंगलबार साँझ २६ वर्षीय देवर मानसिंह खुनासँगै गौडी खोलामा माछा मार्न गएका थिए ।

एउटै परिवारमा संगै बस्ने पहिले देखी सामान्य घरायसी विवाद हुुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए । प्रारम्भीक अनुसन्धानका क्रममा कलावतीको हत्या गरी खाल्डोमा गाड्ने काममा उनकै संलग्नता देखिएको उनले बताए ।

उनले आफूले घरायसी विवादका कारण भाउजुको हत्या गरी खाल्डोमा गाडेको स्वीकार गरेको र हत्यामा उनी एक्लै संलग्न थिए वा अन्य व्यक्तिको पनि संलग्नता थियो विषयमा पनि अनुसन्धान भईरहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुस