कञ्चनपुर, असोज, २९ । कञ्चनपुरको भिमदत्त नगरपालि वार्ड न ९ मटैनाका जनताले कार्यवाहक अध्यक्ष जैदेब जोशी ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र बुझाए छन । बिहिबार विभिन्न माग राख्दै मटैनाका जनताले भिमदत्त नगरपालि वार्ड न. ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोशी लाई ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र बुझाएका हुन ।

वार्ड भित्रका सम्पूर्ण सडक स्तरोन्नती हुनुपर्ने, वडा भित्रका सबै सडकमा ग्राविल हाल्नुपर्ने, मुख्य सडक कालोपत्रे गरिनुपर्ने, भएका ग्राविल सडकमा बिहान ८ बजेदेखि ४ बजेसम्म अनिवार्य पानी छर्किनुपर्ने, सडक छेउमा रहेका घाँसपतिङगर डेढडेढ महिनामा सफाई गरिनुपर्ने, हरेक टोलको खेलकुद विकासमा ध्यान दिनुपर्ने, सडक क्षेत्रमा उज्यालोका लागि विद्युत जडान गरिनुपर्ने, सरकारी सवारी साधनको सदुपयोग गरिनुपर्ने, वडा भित्रका सार्वजनिक स्थल, खानेपानी मन्दिर, झिलमिला धार्मिक क्षेत्रमा ६÷६ महिनामा सार्वजनिक सुनुवाई गरिनुपर्ने, अवैध रुपमा बिक्रि वितरण भईरहेको मदिरा बन्द गरिनुपर्ने, विश्व महामारीको रुपमा फैलिएको कोडिभ १९ कोरोनाको नाममा आएको बजेट र सरसफाई समाग्रीको आयव्यय सार्वजनीक सुनुवाई गर्नुपर्ने माग अघि सारेका छन् ।

असोज २५ गते पहिलो चरणको ज्ञापन पत्र बुझाएको भए पनि जनताको माग सम्बोधन नभएकोले ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र बुझाएको स्थानिय युवा नेता दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस