फाइल फोटो

कञ्चनपुर १, कार्तिक–नेपालीहरूको महान् चाड बडा दशैको पहिलो दिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कञ्चनपुर आउने भएका छन्। घटस्थापनाको दिन महेन्द्रनगरमा एक सिलाइ सेन्टरको उद्घाटन गर्न मन्त्री सुबेदी कञ्चनपुर आउने भएका हुन्।

शनिवार बिहान १० बजे मन्त्री सुवेदी कञ्चनपुर आइपुग्ने युनिक सिलाइ सेन्टरका लाल परियारले जनाए। उनले सिलाइ सेन्टरकै उद्घाटनका लागी मन्त्री लाई बोलाइएको बताए। उनले भने,–‘मन्त्रीले घटस्थापनाको दिन आउने समय छुट्याएपछि आजै सिलाइ सेन्टरको उद्घाटन कार्यक्रम राखेका छौ।’

कपडा पसल, पुलको उद्घाटनमा समय खर्चिरहेका मन्त्री सुवेदी सिलाइ सेन्टरको उद्घाटन गर्न कञ्चनपुर पुग्न लागेका भने पहिलो पटक हुन्।

उनले बिहान साढे १० बजे क्याम्पस रोड स्थित युनिक सिलाइ सेन्टरको उद्घाटन गरी दशैको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको छ। उद्घाटन कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ पनि आउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुस