पहिलाद राना

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा प्रहरी चौकी स्थापनाको माग अघि सारेर स्थानीयले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । शान्ति सुरक्षा एव चोरी तस्करी नियन्त्रणका लागि भन्दै स्थानीयले सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापन पत्र बुझाएका हुन ।

नेकपा नेता समेत रहेका स्थानीय समाजसेवि जित बहादुर बमले प्रहरी चौकीको आवश्यकता भएकाले यथाशिघ्र माग गरेर ज्ञापन पत्र बुझाईएको बताए । समाजसेवि बमले प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका, प्रदेश सभा सदस्य प्रकास रावल, प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टलाई ज्ञापन पत्र बुझाईएको बताए । ‘सबै सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएका छौँ, ‘उनले भने, ‘उहाँहरुबाट सकारात्मक कुरो आएको छ

प्रतिक्रिया दिनुस