काठमाडौं कार्तिक १७। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डे र धर्म पत्नी लक्ष्मी घिमिरेको १४ दिनको आइसोलेसनपछि कोरोना रिर्पोट नेगेटिभ आए संगै कोरोना मुक्त भएका छन ।

पत्रकारद्वय होम आइसोलेशनमा बस्दै आएका थिए । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष समेत रहेका पाण्डेले सोमबार सामाजिक संजाल फेसबुकमा आफूहरुको रिर्पोट नेगेटिभ आएको लेखेका हुन्। ‘ १४ दिनको एकान्तवास समापन भएपछि हामी दुवै जनाको रिर्पोट नेगेटिभ आएको छ । यद्धपि शरीरका अवयवहरुमा भने पीडा कायमै रहेको पाण्डेको भनाई छ ।

पाण्डेजोडीले शारीरिक र मानसिक दुवै रुपमा स्वास्थ्य प्रति शुभेच्छा प्रकट गर्नुहुने सुभेच्छुकप्रति कृतज्ञ रहेको व्यक्त गरेका छन् । रवी पाण्डे माओवादी वैद्य निकटको भातृसंगठनमा आवद्ध रहेर लुम्बिनीबाट पत्रकारिता गरिरहेका छन्।

प्रतिक्रिया दिनुस