महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरको बेलौरीबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका अनुसार भारतीय क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार साँझ ५० ग्राम खैरो हिरोइन सहित वडा नम्बर ६ का दिनेश बोगटी पक्राउ परेका हुन्।
उनी सवार युपि ३१ ए.एफ ७९९० नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस