१८ कात्तिक कञ्चनपुर–कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जँगलमा सोमवार नेपाली महिलाको शव फेला परेको हो।

बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरू देबी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताए।

शव सँगै फेला परेको नागरिकता अनुसार मृतकको उमेर ५५ बर्ष रहेको र श्रीमानको नाम राजेन्द्र कठायत उल्लेख रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस