स्थानीय बजारमा मंगलवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

महासंघले मंगलवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ ।

आइतवार र सोमवार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ९५ हजार र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार २१० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस