प्रहरीको खोजीमा रहेका चर्चित ¥यापर भिटेन अर्थात समिर घिसिङ अदालतमा उपस्थित भएका छन्। विवादास्पद र्याप गीत गाएर विवादमा आएका भिटेन मंगलबार उच्च अदालत पाटनमा हाजिर भएका छन्।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए। पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनवाई सकिएको छ। आदेश आउन बाँकी रहेको अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’ माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो। हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो।

प्रतिक्रिया दिनुस