कञ्चनपुर । कञ्चनपुरमा क्रिकेट ईन्डोर टे«निङ्ग सेन्टर संचालनमा आएको छ । भीमदत्त नगरपालिका १० सुकालासमा क्रिकेट ईन्डोर टे«निङ्ग सेन्टर संचालनमा आएको हो ।

भीमदत्त नगर १० जिमुवाकै होलीफेम्ली क्रिकेट एकेडेमीद्वारा संचालित हुने उक्त क्रिकेट ईन्डोर टे«निङ्ग सेन्टर संचालनमा आएको जनाईएको छ । होलीफेम्ली क्रिकेट एकेडेमीका उपाध्यक्ष महादेव प्रशाद भट्टले सबै क्षेत्रका क्रिकेटका खेलाडी समेट्नेदेखिका क्रिकेत खेलको बृद्धि विकासका लागि सुकासालमा पनि एकेडेमी संचालनमा ल्याएको बताए ।

होलीफेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष समेत रहेका कार्यक्रमका सभापति भुपाल सिह विष्टले क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनका लागि टे«निङ सेन्टर संचालनमा ल्याएको बताए । अध्यक्ष विष्टका अनुसार वर्तमान युवाहरुको इच्छा चाहना र आवश्यकता बमोजिम खेलकुदको माध्यमबाट बालबालिकाहरुको स्वस्थ जिवनशैली,अनुशासन ,नेतृत्व बिकास ,सकारात्मक मार्गदर्शन ,लागुऔषध कुलतबाट बचाउनुका साथै राष्ट्र बिकाशमा ठुलो योगदान पुर्याउनु भएको बताए । एकेडेमीका भुपाल सिंह बिष्टकै एकल लगानीमा संचालित उक्त क्रीकेट इन्डोर ट्रेनिङ सेन्टरबाट थुप्रै क्रीकेट खेलाडीहरुलाई खेल अभ्यासमा सहयोग पुग्ने भयेको निश्चित जनाईएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल क्रिकेट संघ(क्यान) कञ्चनपुरका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले क्रिकेट इन्डोर ट्रेनिङ सेन्टरबाट यस क्षेत्रका क्रिकेट खेलाडीका लागि अभ्यासदेखिका विवित पक्षमा टेवा पुग्ने बताए । अध्यक्ष चन्दले विष्टले क्रिकेट क्षेत्रका निजी लगानीदेखिका लगावले कञ्चनपुर जिल्ला, सुदूरपश्चिम मात्रै होईन सिङ्गो देशकै लागि लाभ भएको प्रंससा गरेका छन । होलीफेम्ली माविका प्रद्यानाध्यापक नारायणदत्त भट्टले क्रिकेट ईन्डोर सेन्टरबाट विद्यार्थीलाई टेवा पुग्ने बताए । बिशिष्ठ अतिथि समेत रहेका नेपाल क्रिकेट संघ(क्यान)सुदूरपश्चिम प्रदेशका सचिव लक्ष्मण भट्टले क्रिकेटका खेलाडीका लागि घर आँगनमै सेवाबाट ठुलो लाभ हुने बताए । होलीफेम्ली क्रिकेट एकेडेमीका सचिव हरि ठगुन्नाले संचालन गरेको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुस