महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका ४ बैतडाका २५ वर्षीय सुरेश लुहार र बेल्डाडी गाउँपालिका ५ की २४ वर्षीय दिपा जोशी बहु विवाह कसुरमा पक्राउ परेका हुन्।

वि।स। २०७४ सालदेखि फरार रहेका उनीहरूलाई बैतोडा बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतमा पेस गरिएको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुस