नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय पुगेको छ। हिजो (बिहीबार) ९६ हजार २ सयमा कारोबार भएको सुन शुक्रबार एक हजार रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनकी मूल्यमा समेत सोही दरले बढेको छ ।

बिहीबार ९५ हजार ७०० सयमा कारोबार भएको तेजाबी सुन शुक्रबारका लागि ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको चाँदी ४५ रुपैयाँ बढेर १ हजार २५५ मा शुक्रबार कारोबार भइरहेको महासंघले बताएको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुस