महेन्द्रनगर २२, कार्तिक–कञ्चनपुरमा बहुविवाह गरेको आरोपमा पक्राउ परेका युवायुवती धरौटीमा रिहा भएका छन। वेदकोट नगरपालिका वडा नम्बर ३ बैतडाबाट पक्राउ परेका सुरेश लुहार र बेल्डाँडी गाउँपालिका वडा नम्बर ५ की दीपा जोशी १ लाख २५ हजार धरौटीमा छुटेका हुन्।

उनिहरु २०७४ सालदेखि फरार थिए। ३ वर्षपछि पक्राउपरेका उनिहरुले १ लाख २५ हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए।

धरौटी बुझाएर उनीहरु रिहा भएपनि अनुसन्धान भने जारी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। लुहारकी श्रीमतीले दिएको जाहेरीका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुस