कञ्चनपुर २२, महेन्द्रनगर–नेपाल किसान सङ्घ कञ्चनपुरले किसानका समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ। सङ्घका अध्यक्ष भैरव बहादुर ऐरको नेतृत्वमा शुक्रवार ज्ञापन पत्र बुझाएको सङ्घका कोषाध्यक्ष नन्दलाल भट्टले बताए।

गुणस्तरयुक्त मल खादको अभावलाई सहुलियत दरमा उपलब्ध गर्नु पर्ने, उन्नत जातका बिउ बिजन उपलब्ध गर्नु पर्ने, किसान परिचय पत्र उपलब्ध गर्नुपर्ने, किसानलाई कम्पोस्ट,प्राङ्गारिक मल प्रति अभिप्रेरित गर्न गोठ सुधार कार्यक्रममा अनुदान व्यवस्था गर्नु पर्ने, किसानलाई कृषि कार्य सञ्चालनका लागी बिना धितो नागरिकताका आधारमा ऋण उपलब्ध गराउनु पर्ने, उखु उत्पादक किसानलाई उखु खेती गर्न प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्ने, छाडा पशु व्यवस्थापन गर्नु पर्ने मागहरू पुरा गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको भट्टले बताए ।

मागहरू पुरा नगरे आन्दोलनमा उत्रने चेतावनी हुन आउने परिस्थिति जिम्मा स्वयम सरकारले लिनुपर्ने ज्ञापन पत्र उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुस