डोटीमा छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक धरौटीमा रिहा भएका छन्। जिल्लाको केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार आरोप लागेका झिमेमालिका माविका शिक्षक सोफी नाथ भट्टलाई जिल्ला अदालत डोटीले बुधबार ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतले अन्याय गरेको भन्दै किशोरीका आफन्तले गुनासो गरेका छन्। बलात्कारबाट गर्भपति भएकी किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन्। यस्तै जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय डोटीले उच्च अदालतमा पुनरावेदन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुस