फाइल फोटो

डोटी – डोटीमा भालुको आक्रमण बाट एक बालक घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने ९ वर्षीय टेकबहादुर पार्की घाइते भएका हुन्।

घाइते बालकको दायाँ हातको पाखुरा र टाउकोमा भालुले आक्रमण गर्दा गहिरो चोट लागेको छ। उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। पाखुराको दुवैतर्फ शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर सोहम शाहले बताए।

प्रतिक्रिया दिनुस