कञ्चनपुरका ११ सहित सुदूरपश्चिममा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा २ सय ७८ जनामा कोरोना परीक्षण गरीएकोमा थप ४० जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका वडा नखुलाइएका ५ पुरुष र २ महिला, बेल्डाँडी गाउँपालिका वडा नम्बर २ का एक पुरुष, कृष्णपुर नगरपालिका वडा नम्बर ८ का एक पुरुष, बेलौरी नगरपालिका वडा नम्बर ११ का एक पुरुष र पुर्नवास नगरपालिका वडा नम्बर १० का एक पुरुष गरी कञ्चनपुरका ११ जना रहेका छन्।

सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, यस्तै जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका र मोहयाल गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। यस्तै कैलालीका ठेगाना नखुलेका २ जनामा पनि संक्रमण देखिएको छ। त्यस्तै अछामका ३ जना र डडेल्धुराको परशुराम नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुस