महेन्द्रनगर २२, कार्तिक-कञ्चनपुरमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगरले विमित दाबी रकम भुक्तानी गरेको छ। शनिवार जिल्लाको बेतकोट नगरपालिका –६ निवासी बिसपती चौधरीका श्रीमान् लालबहादुर चौधरी लाई ३ लाख १३ हजार ५ सय दाबी रकम भुक्तानी गरेको हो।

शाखा प्रबन्धक रोशन भट्टको सभापतित्व र वडा सदस्य धन सिह पुजाराको प्रमुख आतिथ्यमा दाबी भुक्तानी गरेको प्रबन्धक भट्टले बताए। चौधरीको घर मै गएर भुक्तानी दिएको हो। विमित बिसपती चौधरीको २०७७ भदौ १८ मा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुस