फाइल फोटो

बैतडीमा जीप र्दुघटना हुदा १ जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडाबाट वडा नम्बर २ को कफलकोट तर्फ जादै गरेको ग १ ज ५१९२ नम्बरको जीप शनिबार साँझ ७ बजेको समयमा र्दुघटना हुदाँ दोगडाकेदार गाउँपालिका २ कफलकोट बस्ने ३३ बर्षीय बिर बहादुर कुवँरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी हो।

यस्तै र्दुघटनामा सोही गाउँपालिकाको वडा नम्बर ३ श्रीकोटका २५ बर्षीय दीपक चन्द सामान्य घाईते भएका छन। जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस