प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेकपाभित्र देखिएको विवादको हल खोज्न नेता माधवकुमार नेपालसहितका चार नेतालाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका हुन्। नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ९ गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए । पार्टीमा अब नेतृत्व लिने गरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् ।

सार्वजनिकरुपमा भने ओलीले अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् । ओलीले आफ्नो पक्षमा रहेका नेताहरुको अनौपचारिक भेला पनि गरिरहेका छन् । शनिबार पनि ओलीले काठमाडौं जिल्ला भेला गरेका थिए ।

प्रतिक्रिया दिनुस