कञ्चनपुरमा लुटपाटमा संलग्न ३ जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका–१ पिपलथला बस्ने केदार विष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीन सहित शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।
बेदकोट नगरपालिका –५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवा तास खेलिरहेको अवस्थामा गत बुधवार साँझ आएका अपरिचित ७र८ जना व्यक्तिहरूले तास खेलिरहेका व्यक्तिहरूबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उक्त हतियार सहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
उक्त घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ। साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउन्ड गोली फेला पारेको थियो।
प्रतिक्रिया दिनुस