फाइल

डडेल्धुरा । डडेल्धुराका स्थानीयले बाघ मारेका छन्। सोमबार दिउँसो बाघको आक्रमण बाट मृत्यु भएकी भागेश्वर गाउँपालिका–१ की २१ वर्षीया माया कुमारी महताको शव खाँदै गरेको अवस्थामा स्थानियले बाघलाई मारेका हुन्।

उनिहरुले घेरा हाली ढुंगा हानेर बाघ मारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। जिल्ला वन कार्यालयको टोली घटनास्थलतर्फ हिँडेको छ। जिल्ला प्रहरी कार्यालयको टोली पनि केहीबेर अघिमात्र त्यहाँ पुगेको छ।

बाघले हिजो र आज गरी दुई जनाको ज्यान लिएको थियो। तल्लटोली भन्ने ठाउँमा घाँस लिन गएकी महताको बाघले आक्रमण गर्दा आज दिउँसो मृत्यु भएको थियो। यस्तै, आइतबार साँझ भागेश्वर गाउँपालिकाकै १३ वर्षीय वीरबहादुर साउदको पनि बाघको आक्रमण बाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुस