काठमाडौं  : सात वर्षीया बालिका प्रिन्सा खड्काले अन्तर्राष्ट्रिय कलात्मक प्रतिस्पर्धा जितेकी छन्। टीभी स्टार्ट इन्टरनेसनल फेस्टिभलको अनलाइन संस्करणमा उनले ‘गोल्डेन क्विन’को उपाधि हात पारेकी हुन्। प्रतियोगितामा विश्वभरबाट १६ देशका ४० जना बालबालिका सहभागी थिए। अनलाइनमार्फत विभिन्न चरणमा सिर्जनात्मक प्रतियोगिता गरिएका थिए।

स्मरण रहोस्, प्रिन्साले दुई महिना अघि मात्र दक्षिण युरोपको बुल्गेरियामा अनलाइनमार्फत आयोजित ‘प्रिन्स एन्ड प्रिन्सेस अफ द वल्र्ड २०२०’ मा ‘गोल्ड प्रिन्सेस अफ द वल्र्ड २०२०’ को उपाधि पनि जितेकी थिइन्।

सोही प्रतियोगितामा उनले ‘स्पेसियल अवार्ड अफ द फेस्टिवल’ उपाधि पनि पाएकी थिइन्। त्यस्तै, गत वर्ष इजिप्टमा आयोजित ‘मिनी मोडल वल्र्ड २०१९’ को उपाधिसँगै उत्कृष्ट नर्तक जितेकी थिइन्।

रुकुम स्थायी घर भएकी प्रिन्सा हाल काठमाडौंमा दुई कक्षामा पढ्छिन्। उनले केही म्युजिक भिडियोहरूमा समेत अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुस