मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४ हजार ९०० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधवार सुन तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । ५ रुपैयाँले बढेर चाँदी तोलाको १ हजार २२० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुस