बझाङमा सुरक्षाकर्मीलाई छल्दै विप्लवका कार्यकर्ता कारागार बाट फरार भएका छन्। नेकपा विप्लव समूहमा आबद्ध प्रविन्द्र धामी कारागारभित्रको आइसोलेसन कक्षबाट भागेका हुन्।
उनी बुधवार बिहान ६ बजेदेखि ६ः१५ बिचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताए। उनी छबिसपाथिभेरा वडा नम्बर ५ का बासिन्दा हुन्।
उनी गत मात्रै पक्राउ परेका थिए । कात्तिक १७ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित भागेपछि कोरोना फैलन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले उनको खोजी तीव्र बनाएको छ।
प्रतिक्रिया दिनुस