काठमाडौं। डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। रुघाखोकी तथा ज्वरो आएपछि उनको पिसिआर विधिबाट परीक्षण गरिँदा उनको रिपोर्ट पोजिटिभ आएको हो। डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

“केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ। उहाँमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ। स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भनेका छन्, “उहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ।

थप स्वास्थ्य परीक्षण भइरहेको छ।” रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। चिकित्सा शिक्षा सुधारका अभियान्ता समेत रहेका डा. केसी केहीको थप स्वास्थ्य परीक्षणको काम भइरहेको छ।

प्रतिक्रिया दिनुस