काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । आजको बैठकमा नेकपा विवादका सम्बन्धमा छलफल हुनेछ । बहुमत सचिवालय सदस्यले केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग गर्ने तयारी यसअघि गरिसकेका थिए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताएका छन् शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ हुने बताएका हुन् । “बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन सक्दैन,” उनले भने ।

प्रतिक्रिया दिनुस