काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो। शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ तोकिएको नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम छ । कोरोना भाइरसविरुद्ध आविष्कार भएको खोपले ९० प्रतिशत सफलता हात पारेको दाबीसहितका खबर सार्वजनिक भएलगत्तै विश्वबजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो ।

त्यसको प्रभावले नेपाली बजारमा पनि सुनको मूल्य ओरालो लागेको थियो। गत मंगलबार एकैदिन प्रतितोला ३ हजार चार सय रुपैयाँ गिरावट आएको थियो।

प्रतिक्रिया दिनुस