सुदूरपश्चिममा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको कोरोना परीक्षण गरीएकोमा कञ्चनपुुरका १ सहित सुदूरपश्चिममा ५२ जनामा संक्रणण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा पुर्नवास नगरपालिका वडा नम्बर ५ का २७ वर्षिय एक पुरुष रहेका छन्।

सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुशार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३र३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना, त्यसैगरी चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १र१ जनामा समेत कोरोना पुष्टि भएको छ । यस्तै डोटीको केआई सिह गाउँपालिकाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस