फाइल
विभिन्न २२ राजनीति सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शनको तयारी थालेका थालेका छन्। सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको २२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेका हुन्। कार्यगत एकताको २७ कात्तिकको बैठकले वामपन्थी सङ्गठन समाजवादी राष्ट्रिय मञ्च, नेपाललाई कार्यगत एकतामा सामेल गरेको छ।
बैठकले अब २२ वटा राजनीतिक सङ्गठनको कार्यगत एकताद्वारा मङ्सिर ७ गते काठमाडौँ लगायत सात वटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरूमा  नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), ने.क.पा. (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन्।
देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले निर्णय सार्वजनिक गर्दे विरोध प्रदर्शन गरिने जानकारी दिए।
प्रतिक्रिया दिनुस