बैतडीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका –४ को जोलाबाजमा पाटनबाट सत्बाजतर्फ जाँदै गरेको लु.४प ६१७१ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो।

उनी बर्दियाको बारबर्दिया नगरपालिका– ८ निवासी हुन्। ट्याक्टरमा चालक एक्लै सवार रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी सहायक निरीक्षक चन्द्र गिरीले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस