बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार साँझ धनगढीबाट बेलौरीतर्फ जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१ वर्षीया तुलसी पौडेलको मृत्यु भएको हो।

उनको उपचारको क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। मोटरसाइकल चालक सुर्खेतको वीरेन्द्रनगरपालिका–११ का २१ वर्षीय मदन ढकाल भने घाइते भएका छन्। ठक्कर दिने बसका चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षिय नरेन्द्र रतुकी रहेका छन्। बस सहित उनलाई प्रहरीले नियनत्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस