कञ्चनपुरमा स्थानीयको विद्युतको मिटर र टेलिभिजन तोडफोड गर्ने युवक पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका – ८ मा ९ जना स्थानीयको विद्युतको मिटर बक्स र टेलिभिजन तोडफोड गरेको भन्दै प्रहरीले अन्दाजी २७ वर्षीय जगदिश बोहोरालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका बोहोराको मानसिक अवस्था ठीक नभएको पाईएपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको जानकारी दिए। बोहोराले धारिलो हातहतियार देखाउँदै तोडफोड गरेको स्थानीयको गुनासोपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुस