सेती प्रादेशीक अस्पतालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार ३१८ जनाको परीक्षण गर्दा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर २ र ४ का ३र३ जना, त्यस्तै वडा नम्बर १ का २ जनामा संक्रमण देखिएको जानकारी दिए।

कैलालीकै भजनी नगरपालिकाका ८ जना, लम्किचुहा नगरपालिकाका ६ जना, गोदावरी नगरपालिकाका २ जना, यस्तै गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ। कैलालीकै ठेगाना नखुलेका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस