कैलालीमा थप एक कोरोना संक्रमीतको मृत्यु भएको छ। शुक्रबार सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कार्तिक २५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको जानकारी दिए। यस अघि शुक्रबार विहान मात्रै कैलालीका ७२ वर्षीय एक महिलाको कोरोनाका कारण मृत्यु भएको थियो। यो सँगै सुदूरपश्चिममा कोरोना सक्रमित मृतकको संख्या ५० पुगेको छ।

प्रतिक्रिया दिनुस