अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ। पछिल्ला २४ घण्टामा यहाँ २ हजार १५ जनाको कोरोनाका कारण मृत्युु भयो। यो गत मेईयताकै उच्च मृतक संख्या हो।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७ हजारमा संक्रमण देखिएको छ। अमेरिकामा कोरोनाबाट २ लाख ६० हजारले ज्यान गुमाइसकेका छन्। कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ५ करोड ७८ लाखभन्दा धेरै पुगिसकेको छ। यसमध्ये ४ करोड ३ लाख मानिस निको भइसकेका छन्।
प्रतिक्रिया दिनुस