बेलौरीमा मोटरसाइकल दुर्घटनामा परी पचुइका हेमन्त चन्दको मृत्यु भएको छ। आइतबार बेलुकी बेलौरी तर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल अनियन्त्रित भएर हात्तिभोजा नजिक दुर्घटना हुँदा चालक २० वर्षिय चन्दको उपचारका क्रममा मृत्यु भएको हो।

टाउकोमा गम्भीर चोट लागेका चन्दको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले जानकारी दिए।

चन्दसँगै मोटरसाइकलमा सवार उमेश विष्टको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस