फाइल। 

मौसमबदलीसंगै सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् निराजन सापकोटाकाले सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव देखिएको बताए। पश्चिमी वायुकै कारण सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमपात संगै चिसो बढी हुने भएकाले  सावधानी अपनाउन मौसमविद्को सुझाव छ। राति पनि देशको धेरैजसो पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

भोलि दिउँसोसम्मको मौसम यस्तै रहने अनुमान गरिएको छ। भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव अलि बढी पर्ने हुनाले कतै कतै सामान्य खालको पानी पर्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र अरु ठाउँमा पनि मौसम त्यति नखुल्ने सम्भावना रहेको जनाईएको छ।

प्रतिक्रिया दिनुस