झापाको दमक १ का एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। दमक १ का चूडामणि भण्डारीले श्रीमती टीकामाया पौडेलको कमल ६ स्थित खेतमा गएका बेला खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
आइतबार साँझ भण्डारीले अन्दाजी ३५ बर्सिया श्रीमती टीकामायाको हत्या गरेको प्रहरीले जनाएको छ। अर्कैसँग लागेर आफूले वैदेशिक रोजगारीमा कमाएको पैसा सकाएको आरोपमा उनले श्रीमतीको हत्या गरेको उनले प्रारम्भिक बयानमा बताएको दमक प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस