कञ्चनपुरमा बेवारिसे अवस्थामा १८ गोलिया खयरको काठ बरामद भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–५वनसमिति बाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरेको हो।

आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरीएको रेञ्जर रसाइलीले जानकारी दिए। बरामद काठबारे छानबिन भइरहेको उनले बताए। बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ। बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस