सेती प्रादेशी अस्पतालको प्रयोगमा गरीएको परीक्षणमा कञ्चनपुरका २ सहित थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा कृष्णपुर नगरपालिका – ७ का ७० वर्षीय एक पुरुष र पुर्नवास नगरपालिका – ३ का ४३ वर्षीय एक पुरुष रहेका छन्।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४र४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १र१ जनामा संक्रमण देखिएको बताए।

यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ। कैलालीकै भजनी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २र२ जना, बर्दगोरिया गाउँपालिकाका १ जनामा र डडेल्धुराको परशुराम नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस