इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो । लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एक–एक गोलको योगदान गरे ।लिभरपुलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

लिग अन्तगर्तकै अर्को खेलमा टोटेनह्यामले आर्सनललाई २(० गोलले पराजित गर्दैै टोटनह्याम तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे । टोटेनह्यामले ११ खेलमा २४ अंक जोडेको छ । लिभरपुलको २४ अंक भए पनि उसको गोल अंकको आधारमा दोस्रो स्थानमा रहेको छ ।वुल्भस भने १७ अंकका साथ दसौँ स्थानमा छ । गएरातिको खेलमा टोटेनह्यामसँग हारेको आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

आइतबार नै भएको अर्को खेलमा लेष्टरले सेफिल्ड युनाईटेडलाई २(१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक एक गोल गरे । सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुस