दार्चुलामा ट्रक दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ। गोकुलेश्वर बाट सदरमुकाम खलङ्गा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा गए राति दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिह कार्की र दोगडाकेदार गाउँपालिका ६ गौकुराका जेसिवी चालक २५ वर्षीय धनसिंह भण्डारी को मृत्यु भएको दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए। उनले बाँकी एक जनाको सनाखत हुन बाँकी रहेको बताए।
गए राती १० बजे दुर्घटनामा परेको ट्रक सडकबाट झन्डै १२० मिटर तल खसेको प्रहरीले  जनाएको छ। ट्रकमा सवार तीनै जनाको मृत्यु भएकोले दुर्घटनाको कारण खुल्न सकेको छैन। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ।
प्रतिक्रिया दिनुस