विकास बैंकहरुले पनि लाभांश घोषणा सुरु गरेका छन् । आर्थिक वर्षको पहिलो ५ महिना सकिनै लाग्दा विकास बैंकले लाभांश घोषणा सुरु गरेका हुन् । विकास बैंकहरुमध्ये पहिलो पटक मुक्तिनाथ विकास बैंकले पहिलो पटक लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम रहेको ४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजीको १५।५१ प्रतिशतले हुन आउने ६७ करोड ८ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो। उक्त लाभांशमध्ये ११।२५ प्रतिशत बराबर बोनस सेयर तथा ४।२६ प्रतिशत नगद लाभांश हुने बैंकले जनाएको छ । यो लाभांशपछि बैंकको पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ।

अहिले बजारमा १८ वटा विकास बैंकहरु अस्तित्वमा छन्। तीमध्ये ८ वटा राष्ट्रियस्तरको विकास बैंक छन् भने बाँकी क्षेत्रीय स्तरका बैंकहरु छन् । हालसम्म १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरे पनि विकास बैंकहरुले भने अहिलेसम्म लाभांश घोषणा गरेका थिएनन्।

प्रतिक्रिया दिनुस