प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बैतडीको सिनियर महिला छनौटका लागि १८ जनालाई बन्द प्रशिक्षणका लागि बोलाईएको छ। बैतडी जिल्ला क्रिकेट संघले निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा बन्द प्रशिक्षणका लागि १८ जनालाई बोलाएको हो। बन्द प्रशिक्षणमा बोलाएका खेलाडीमा राष्ट्रिय खेलाडी समेत रहनुभएकी रितु कनौजिया, मञ्जु बोकटी,वविता बोहरा, निर्मला बोहरा, आरती बोहरा, मिना रावत, सुनिता लुहार, दिव्या कार्की, पुजा कार्की, निशा भट्ट, दमयन्ती ओड,निर्मला भण्डारी, अनिता नाथ र भावना जोशी रहेका छन्। यस्तै मानवी विक, रेनु पेला, तुलसी जोशी र निर्मला रावललाई पनि बन्द प्रशिक्षणमा बोलाएको प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए। मंगलबारदेखि सुरु भएको बन्द प्रशिक्षणको उद्घाटन बैतडी जिल्ला क्रिकेट संघका सचिव शेरसिंह खत्रीले गरेका थिए। बन्द प्रशिक्षणबाट बैतडी जिल्लाको महिला क्रिकेट टोलीको छनौट गरिने र उक्त टोलीले प्रदेशस्तरीय छनौट खेल्ने जनाईएको छ। पुरुषको बैतडी जिल्लाको टिमको टुंगो केही दिनमै लाग्ने बताईएको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेदेखि हुदैंछ । महिलाको राष्ट्रिय प्रतियोगिता दाङको लमही पुरुषको भने काठमाडौंमा हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुस